Techie IT
२ भदौ २०७९, बिहीबार

नेटवर्किङका नाममा ठगी धन्दा चलाउने ६० जनालाई पक्राउ गर्न निर्देशन


काठमाडौं ।

पीरामीड शैलीमा सदस्य बनाएर आम जनतालाई ठग्दै आएका ६० जना नेटवर्किङ वयावशायको नाममा धन्दा चलाउने ब्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको बताइएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेर छानवीन गरेको र त्यसले दिएको प्रतिवेदनका आधारमा समितिले उनीहरुलाई पक्राउ गर्न सिफरिस गरेपछि गत विहीवार वाणिज्य आपूर्ति तथा हित संरक्षण विभागले उनीहरुलाई पक्राउ गर्न गत विहीवार नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोलाई निर्देशन दिएको छ ।

नेटवर्किङ व्यावशायका नाममा ठगी धन्दा गरेर संचालकले अकुत सम्पति कमाएका युनिटी लाइफ, हर्बो,गोल्डक्वेष्ट लगायत प्रतिबन्दित रहेका व्यावशायले आफ्रना परिवारका नाममा पुन अर्को ठगी धन्दाका कम्पनिहरु खुल्ने गरेकोले यस तर्फ पनि  सम्बधितपक्षको ध्यान जान  समितिले ध्यान आकृष्ट गराएको छ ।

बजारमा पुन नेटवर्किङ वयवशा मौलाउन थालेपछि विभागले विज्ञप्तीमार्फत सचेत रहन पनि आग्रह गरेको छ । यस्तै गरेर वाणिज्य विभागबाट इजाजत लिएर सेवाको नाममा नेटवर्किङ व्यावशाय गरिरहेका सात वटा कम्पनिप्रति भने अहिलेसम्म समितिको ध्यान पुग्न सकेको छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्