Techie IT
४ माघ २०७८, मंगलबार

घरेलु कामदारको सुरक्षामा संसदीय समितिको चासो


काठमाडौं ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएका घरेलु कामदारको अवस्था खतरापूर्ण रहेकाले जीवन सुरक्षामा चासो व्यक्त गरेको छ । समितिले कतिपय रोजगारी गुम्न गई फर्कन नपाएको, कोही अवैध रूपमा गई फर्कन नपाएको र घरेलु कामदारका रूपमा बसेकाहरू पनि विभिन्न यातनाबाट प्रताडित भइरहेका अवस्थामा जीवन सुरक्षामा आवश्यक व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

सिंहदरबारमा घरेलु कामदारको सुरक्षासम्बन्धी छलफलमा समितिका सदस्यले त्यसतर्फ सरकारलाई ठोस निर्देशन जरुरी रहेको बताए । छलफलमा सदस्यले रोजगारी गुम्न गई आउन नपाएका कामदारलाई ल्याउनका लागि उडान सङ्ख्या थप्नुपर्ने तथा कल्याणकारी कोषमा रकम जम्मा गरेका मजदूरले म्याद सकिए पनि त्यही रकमबाट उद्धारको आवश्यक व्यवस्था गर्नुपर्ने औंल्याए ।

उहाँहरूले मानवबेचबिखनजस्तो गम्भीर अपराधमा संलग्न वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने संस्था र व्यक्तिलाई कारवाहीको दायरामा ल्याउनेतर्फ पनि निर्देशनका लागि समितिको ध्यानाकर्षण गराएका छन् । त्यसको मतियार भएको पाइएमा राष्ट्रसेवक कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्