Techie IT
४ माघ २०७८, मंगलबार

मुलुककै जेठो विश्वविधालय त्रिभुवन विश्वविधालयमा अशान्त

कर्मचारीमाथि अभद्र व्यवहार भयो -कर्मचारी संगठन


काठमाण्डौ असोज ११

मुलुककै जेठो विश्वविधालय त्रिभुवन विश्वविधालय मा हाल अशान्त भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी(नेवि) संघले ‘त्रिविले कोरोना कारण देखाएर विद्यार्थीको एक शैक्षिक सत्र नै क्षति पुर्‍याउने नियत राखेको  भन्दै आन्तरिक मूल्यांकन र अनलाइनबाट परीक्षा लिन वार्ता गर्नु पर्ने लगायतका नौ वुँदे माग माग राख्दै आएको छ । विश्वविधालयमा पदाधिकारी नियुक्ति पारदर्शी तथा निष्पक्ष ढंगबाट हुनु पर्ने माग नेवि संघले विगतदेखिनै गर्दै आई रहेको छ ।

यसै सन्धर्भमा गत असोज ९ गते नेविसंघसम्वध्द विधार्थीहरुले विश्वविधालयका उपकुलपतिको कार्यालय प्रमुख विष्णुप्रसाद अर्यालको कार्यकक्षमामा कार्यालय प्रमुखमाथि अभद्र व्यवहार गरेको थियो ।

उपकुलपतिको कार्यालय प्रमुख विष्णुप्रसाद अर्यालको कार्यकक्षमामा कार्यालय प्रमुखमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन विश्वविधालय कर्मचारी संघ केन्द्रीय ईकाई समितिले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले आज प्रकाशन गरेको विज्ञप्तिले आफ्नो विज्ञप्तिमा भनेको छ विश्वविधालयको उध्देश्य नीति तथा कार्यक्रमलाई प्रशासनिक ढंगबाट लक्ष्यसम्म पुर्याउन सहयोगी भूमिका निर्वाह गर्ने जनशक्तिको रुपमा स्थापित कुनै पनि तहका कर्मचारीहरुमाथि गरिने अभद्र तथा अमर्यादित व्यवहारप्रति यस एकाई समिति घोर भर्तसना गर्दै खेद प्रकट गर्दछ ।

एकाई सभापति चेतनाथ न्यौपाने र सचिव सरोजगोपाल तण्डुकारको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा विश्वविधालयमा उच्छृङ्गखल गतिविधि भएको भन्दै उल्लेख गरेको छ विगत केहि समयदेखि विभिन्न संघ, संगठनका नाममा पटक पटक गरिएको यस्ता उच्छृङ्गखल कृयाकलापले प्रसय पाउदै गएको देखिएकोले यस्ता कृयाकलापका विरुध्द त्रिविको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ । साथै व्यवस्थापन र असन्तुष्ट पक्षकाविच भएका असमझदारीका कारणले त्रिविका कर्मचारीहरुप्रति गरिने यस प्रकारका दूर्व्यवहार सह्य नहुने स्पष्ट पार्दै कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज र सुरक्षित वातावरणमा पुरा गर्न सक्ने अवस्थाकोसृजना गर्न त्रिवि व्यवस्थापन समक्ष जोडदार माग गर्दै यस्ता गतिविधि गर्ने दोषिउपर कारवाही गर्न समेत यस एकाई जोडदार माग गर्दछ ।

त्यसैगरी त्रिविवि कर्माचारी संगठन केन्द्रिय समितिले पनि आजै एक विज्ञप्ति जारी गर्दै उक्त घटना दुखद र निन्दनीय रहेको जनाउदै भर्तसना गरेको छ । संयोजक हेमराज न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त घटनाको दोषिलाई कार्वाहिको मागसमेत गरेको छ ।

यसअघि नेविसंघले आफूहरूका मागमा त्रिवि पदाधिकारीले वार्ता नगरेको र उच्च अदालत पाटनमा नेविसंघ नेताविरूद्ध मुद्दा दर्ता गरेको विरोधमा गत साउन २७ गते मंगलबार त्रिविका तीन कार्यालय र उपकुलपतिको कार्यालयको गाडीमा ढुंगा हानेर कार्यालयका झ्याल र गाडीमा पनि क्षति पुर्याएको थियो । नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलविरूद्ध साउन १६ गते पाटन उच्च अदालतमा मुद्दा दर्ता भएको थियो। यसअघि नेविसंघले उपकुलपति कार्यालय लगायतमा ताला लगाएको थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्