Techie IT
८ असार २०७८, मंगलबार

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


काठमाडौं ।

दाङको घोराही उपमहानगरपालिका-१६ बस्ने २६ वर्षीय कलब चौधरीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

चौधरी सहित ५ जनाले सोही ठाउँस्थित बरजन्य खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महागनगरपालिका-२१ पाहारिलोटार बस्ने २६ वर्षीय सुनिल तामाङको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

स्थानीय खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्