Techie IT
१२ असार २०७९, आईतबार

विभिन्न कारणले आठ जना मृत अवस्थामा फेला


काठमाडौं ।

काठमाडौंको काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ८० वर्षीया रुकमणी श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

बाराको कलैया उपमहानगरपालिका-२४ मनहर्वा बस्ने ४५ वर्षीय महेन्द्र चौधरी जितपुर सिमरा उपमहानगरपालिका(१८ बडर्हवास्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरी बस्ने ५० वर्षीया दायमन देवी यादव घरको आँगनमा रहेको शौचालय नजिक शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

दाङको राप्ती गाउँपालिका-३ खुरुरियास्थित राप्ती नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको देवदह नगरपालिका-१२ पुरुषोतमपुरको रोहिणी खोला किनारमा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-८ बाहुनपुर बस्ने २५ वर्षीय डिल्ली दमाई सोही नगरपालिका-८ सुखाड सुतैया सामुदायिक वनस्थित डुङ्गा खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको मलगंवा नगरपालिका-६ सुखैनिया टोल बस्ने ५० वर्षीय चन्द्र किशोर पासवान आफ्नै खेतमा जमेको पानीमा शनिबार मृत अवस्थामा पेला परेका छन् ।

नवलपरासी(पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-६ स्थित पुरानो भन्सार कार्यालयको दक्षिणतर्फ कोठामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्