Techie IT
५ असार २०७८, शनिबार

आफ्नै श्रीमानलाई खुकुरी हान्ने पक्राउ


काठमाडौं ।

आफ्नै श्रीमानलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमारुकुम(पश्चिम)को बाफिकोट गाउँपालिका-९ तासिबाङ बस्ने ३४ वर्षीया अमृता दाहाललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण अमृताले धारिलो हतियार खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट छिनखेतबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।

घाइतेलाई उपचरको लागि जिल्ला अस्पताल पठाइएकोमा मेडिकल कलेज कोहलपुर रिफर भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्