Techie IT
१९ असार २०७९, आईतबार

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


काठमाडौं ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुनारको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९८ हजार ९ सत ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्