Techie IT
८ असार २०७८, मंगलबार

भारतबाट नेपालतर्फ ल्याउदै गरेको सुनका गहना सहित पक्राउ


काठमाडौं ।

कञ्चनपुरको पुनर्बास नगरपालिका-११ डोकेबजारबाट करिब ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न गहना सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा डोटी केआई सिह गाउँपालिका-२ बस्ने २२ वर्षीय मोहन कामी र सोही ठाउँ बस्ने १९ वर्षीय सुनिल भुजेल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र ईलाका प्रहरी कार्यालय त्रिभुबन बस्तीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त सुनका गहना सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्