Techie IT
२१ असोज २०७९, शुक्रबार

उकालो लाग्यो बजार परिसुचक

चार दसमलव २९ अंकले बढ्दा तीन अर्ब १३ करोडको कारोवार


काठमाडौ ।
सेयर बजार परिसुचक उकालो लागेको । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक चार दसमलव २९ अंकले उकालो लागेर १५ सय ६५ दसमलव ५५ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव नौ अंकले उकालो लागेर लागेर तीन सय १० दसमलव ४७ अंकमा चढेको छ ।

आज कुुल एक सय ९१ कम्पनीहरुको सेयर कारोवार भएकाछन । जसअनुसार ४२ हजार एक सय आठ पटकको कारोवारमा एक करोड ९९ लाख ७२ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री हुुंदा कुुल कारोवार रकम तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार तीन सय ७१ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १२ वटा समुहको कारोवार भएकाछन । जसअनुुसार पाँच वटा समुहको सुचक उकालो लागेकाछन भने सात वटा समुहको सुचक ओरालो लागेकाछन । सो मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन भने जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।


क्याटेगोरी : समाचार, वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्