Techie IT
५ असार २०७८, शनिबार

रेग्मीको निधनप्रति वरिष्ठ नेता पौडेलद्वारा दुःख व्यक्त


काठमाडौं ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताएका छन् ।

आज शोक वक्तव्य प्रकाशित गर्दै उनले भने, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”

म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रहेका थिए । उनको आज निधन भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्