Techie IT
१२ असार २०७९, आईतबार

साउदीको जेद्धाबाट नेपाल आउने उडान तालिका परिवर्तन


काठमाडौं ।

कारोनाम भाइरसको महामारीलाई मध्यनजर गर्दै बिदेशमा भएका नेपालीलाई स्वदेश फर्काउने क्रममा साउदी अरबको जेद्धाबाट नेपाल ल्याउने उडान तालिका परिवर्तन भएको छ ।

उक्त कुराको जानकारी साउदीको नेपाली कन्सुलर अफिसरले केप्टेम्बर २६ मा सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

जसमा साउदीको जेद्धा कार्य क्षेत्रमा रहेका नेपालीहरुको लागि उडान नम्बर RA2134 आठौं उडानको लागि २०२० सेप्टेम्बर २८ मा हुने भनिएको उडान २०२० सेप्टेम्बर २९ मा हुने जानकारी जेद्धा कन्सुलरले गराएको छ ।

साथै जेद्धाको King Abdul International Airport को North Terminal मा ४ घण्टा पहिले २०२० सेप्टेम्बर २९ को राती १० ३० मा पुग्न पनि अनुरोध गरेको छ । साथै  त्यस अवस्थामा राहदानी, हवाइ टिकटको प्रिन्ट वा मोवाइलमा सफ्ट कपि र वहिर्गमनको कागजातका मास्क,ग्लोब लगाएर सामाजिक दूरी कायम गरेर तयारी अवस्थामा रहनका लागि साउदीको जेद्धा कन्सुलर अफिसरले अनुरोध गरेको छ ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्