नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण, ७१ हजार ८२१ पुगे संक्रमित !

काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शनिबार थप १२०७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ४६७ पुगेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्