पोखरामा एकीकृत समाजवादीको सुरुआती अग्रता

काठमाडौँ । पोखरा महानगरपालिकाको मतगणनामा एकीकृत समाजवादीले सुरुआती अग्रता लिएको छ । राससका अनुसार जारी मतगणनामा भएको ५० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २३ मत पाउनुभएको छ भने नेकपा (एमाले)का तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले २२ मत पाउनुभएको छ ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले २२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का मञ्जुदेवी गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्