हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको अहिले ६ बजे साँझको मतगणनाको ताजा स्थिति दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मीना लामाले ६१९ मत, एमालेका अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन् ।
राससका अनुसार त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्