Techie IT
७ जेठ २०७९, शनिबार

नेपालगञ्ज– २३ मा कांग्रेस विजयी


नेपालगञ्ज। स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी हुनुभएको थियो ।

बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गर्नुभएको हो । राससका अनुसार यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गर्नुभएको हो । शेषले १९४ मत पाउनुभएको थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्