Techie IT
४ जेठ २०७९, बुधबार

रौतहटको देवाहीगोनाहीमा जसपाले खटाएको गिरोह हतियार सहित गाउँ प्रवेश,स्थानिय त्रसित


रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा जसपा निकट गिरोहहरु धारिला हतियार सहित गाउँ छिरेपछि स्थानिय असुरक्षित भएको महसुस गरेका छन् ।

चुनावको मतगणना हुने समयमा प्रतिपक्षलाई त्रसित बनाएर एकलौटि बुध कब्जा गरि आफ्नो पक्षमा रिजल्ट लिउन जसपाले उक्त समूह परिचालित गरेको हुनसक्ने अनुमान गरिएको छ ।

मतगणना हुने समयमा स्थानिय प्रशासनको भूमिको पनि संकास्पद देखिएको छ । ट्रेक्टरमा हातहतियार सहित टोलमा प्रवेश गरेका केहि ब्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धेरै सङ्ख्यामा अरु पनि गाउँ पसेको अनुमान गरिएको छ । उक्त घटनामा जसपा मधेश प्रदेसका राज्यमन्त्री योगेन्द्र यादवको सलग्नता रहेको स्थानियले बताएका छन् ।त्यसबारे थप बिवरण भने आउन बाकि रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्