ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना सङ्क्रमण

काठमाडौं ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको र सिटामोल खाँदा पनि कम नभएपछि स्वाब परीक्षणका लागि पाटन अस्पतालमा नमुना दिएका थिए । शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनी होम आइसोलेशनमा बसेको उनि निकट स्रोतले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्