Techie IT
बिहीबार, कात्तिक १३,२०७७

नेपालमा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण, ७० हजार ६१४ पुगे संक्रमित


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप १ हजार ३१३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा १२ हजार २६२ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ४५९ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्