Techie IT
बिहीबार, कात्तिक १३,२०७७

बेपत्ता पौडेलको शव फेला


चन्द्रौटा ।
तीन दिनदेखि बेपत्ता भएका कृष्ण पौडेलको शव आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो । जीपमा सवार छमध्ये तीन जना पौडेर बाँच्न सफल भएका थिए भने दुई जनाको यसअघि शव फेला परेको थियो ।

बेपत्ता पौडेलको शव कपिलवस्तु नगरपालिका – ६ सगरहवामा पानीमा तैरिरहेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई बताए । मृतक तीनमध्ये बुधबार नै एक जनाको शव भेटिए पनि दुई जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको शव भेटिएको थियो । पौडेल नेपाल विद्युत् प्राधिकरण फ्युज सेवा जीतपुरका प्रमुख थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्