Techie IT
आईतबार, मंसीर २१,२०७७

दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं,साउन २४

कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले राससलाई जानकारी दिएका छन् ।

गए राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्