Techie IT
३० जेठ २०७८, आईतबार

पुतलीबजारका जनप्रतिनिधिद्वारा कोरोना राहतकोषमा ६ लाख जम्मा


स्याङ्जा ।
स्याङ्जा सदरमुकाम पुतलीबजारमा रहेका पुतलीबजार नगरपालिकाका जनप्रतिनिधिहरूले नगरपालिकाद्वारा सञ्चालित कोराना राहात कोषमा छ लाख ४० हजार दुई सय ५० रूपैयाँ जम्मा गरेका छन् ।

पुतलीबजार नगरपालिकाका ७३ जना जनप्रतिनिधिहरूले आफूले पाउने मासिक सुविधाबाट आधा रकम सहयोग गरेका नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । जनप्रतिनिधिहरूले गरेको आर्थिक सहयोग नियमअनुसार कोरोना नियन्त्रणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बताए ।

राहतकोषमा नगरप्रमुख सिमाकुमारी क्षेत्रीले २० हजार दुई सय ५०, उपप्रमुख महेश पुरीले २३ हजार पाँच सय, नगरापालिकाभित्र रहेका १४ वटा वडा अक्षध्यहरूले प्रतिव्यक्ति १३ हजार र सात जना कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ११ हजार रूपैयाँ नगद सहयोग गरेका हुन् । त्यसैगरी ५० जना सबै प्रकारका वडा सदस्यहरूले प्रतिव्यक्ति छ हजार सात सय ५० रूपैयाँ सहयोग गरेका हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्