Techie IT
बुधबार, कात्तिक ५,२०७७

काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण


काठमाडौं ।
काठमाडौं उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६०९, ललितपुरका ९५ जना र भक्तपुरमा ५१ जना गरी काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ४ पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्