Techie IT
बुधबार, कात्तिक ५,२०७७

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, ६९ हजार ३०१ पुगे संक्रमित !


काठमार्डौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बिहिबार थप १४९७ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा ११ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्