Techie IT
१४ असोज २०७९, शुक्रबार

विजुलीको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु


काठमाडौं ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१२ भँडारे सिमलडाँडा भन्ने स्थानमा करेन्ट लागेर मोलुङ गाउँपालिका-१ कुन्तादेवी घर भएका २८ वर्षीय परनेश खत्रीको बुधबार दिउँसो मृत्यु भएको छ ।

मोलुङ खोला हाईड्रो पावरको ट्रान्समिसन लाईनको सुपरभाईजरको रुपमा कार्यरत खत्रीले विद्युत सप्लाईको मर्मतको लागि जम्पर छुटाउन विजुलीको पोलमा चढेका थिए ।

सोही अवस्थामा करेन्ट लाग्दा गम्भीर घाइते भएपछि सामुदायिक अस्पताल सोब्रु मिसन ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्