Techie IT
१२ असार २०७९, आईतबार

अविरल वर्षाका कारण सडक अवरोध


काठमाडौं ।

पाल्पाको बगनासकाली गाउँपालिका-५ ठाँटी र रम्भा गाउँपालिका-३ जामुनेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो आई रुखसमेत ढलेर सडक अवरोध भएको छ ।

साथै रिब्दिकोट गाउँपालिका-४ भैरबस्थानस्थित तानसेन-रिडी पक्कि सडकखण्डमा समेत पहिरो आई सडक अवरोध भएको छ । प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका-९ भैसेस्थित वर्षाको कारण पहिरो आई बिहीबार बिहानदेखि सडकमा अवरोध भएको छ । प्रहरी चौकी बलेफीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पर्वतको कुश्मा नगरपालिका-२ सस्रधारास्थित पोखरा-बाग्लुङ सडकखण्डमा बिहीबार बिहानदेखि पहिरो आई सडक अवरोध भएको छ । साथै जलजला गाउँपालिका-८ र्फसेस्थित वेनि-मालढुङगा सडक समेत पहिरोमा आई अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्