Techie IT
४ माघ २०७८, मंगलबार

के साँच्चै हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेकै छैन त ?

५८ वर्षपछि ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी हिल्सा भन्दा ५२ सय मीटर माथि भेटियो


काठमाडौं ।

सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् । तर के साँच्चै सरकारले भने जस्तो गरी हुम्लामा नेपाली भूमि अतिक्रमण भएको छैन त ?यसको तथ्यगत प्रमाणका आधारहरु के के छन् त ?

मन्त्री ज्ञवालीलेयस्तै खबर २०७३ मा पनि आएको र त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभाग लगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको भन्दै उनले भने, ‘बनेका घरहरू नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको भनेर प्रतिवेदन दिइएको रहेछ ।’

अहिले त्यही ठाउँमा थप भवन बनेको पाइएको भन्दै उनले नेपाल चीनबीच सीमा समस्या नभएको बताए । सञ्चारकर्मीहरूलाई यो विषयमा लेख्नुअघि मन्त्रालयको आधिकारिक धारणा लिन समेतले उनले आग्रह गरे ।

२०६६ सालमा पनि सोही ठाउँमा चिनियाँ पक्षले तीनवटा भवन निर्माण गरेको र पछि बिरोध भएपछि निर्माण कार्य रोकिएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताइरहँदा हामीले त्यसभूमि साँच्चै हाम्रो सिमाभित्र नपरेर भनिरहेका छौंकी ठूला देशहरुको दवाब र रवाफले गर्दा भनिरहेका छौं ?

चीनले नेपाली भूमि अतिक्रमण गरेको समाचार आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र गाउँपालिकाका अध्यक्ष सम्मिलित टोलीले स्थलगत अनुगमन गर्दा ५८ वर्षपछि ११ नम्वर सीमास्तम्भ सीमा प्रहरी चौकी हिल्सा भन्दा ५२ सय मीटरमाथि हिउँले पुरिएको अवस्थामा फेला परेको बताका छन्।

प्रजिअ नेतृत्वको टोलीमा अनुगमन गरेर फर्केका नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनियाँ अधिकारीहरूले ‘त्यो भूमि हाम्रो हो, तपाईहरूको केही कुरा भए सीमानामा गरौंला’ भन्ने जवाफ आएको सम्बन्धितपक्षको भनाई छ ।

त्यस क्षेत्रका स्थानिय प्रतिनिधीहरुको कुरा गराइबाट पनि हामीले बुझ्न सक्छौं । बरु चिनले यदी सिमा समस्या भएमा आपसी समझदारीमा मिलाउन सकिन्छ भनेको छ । यही अवस्थामा आफ्नो भूमि मिचिएको रैछ भने सरकारले सवै तथ्य संकलन गरेर आपसमा दोहोरो सम्बादबाट समस्या समाधान गर्नु नै उचित देखिन्छ । यदी अतिक्रमण नगरेको भए बिनाप्रमाण तयै बोलेर नि भएन ।

गरेको भने सधै निरिह बसेर पनि त भएन नी । हाम्रा सीमा खम्बाहरु कहाँ छन् ? त्यसको पनि निर्कोल हुनु परयो । तयसैले यही आवाज निस्किरहेको बेलामा सरकारले यस क्षेत्रको सीमा समस्या हल गरोस् की फेरिपनि सीमाका बारेमा स्थानिय जनताहरु बोलिरहन नपरोस् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्