Techie IT
शनिबार, असोज १०,२०७७

अभिभावकलाई वैशाखदेखि नै मासिक शुल्क बुझाउन उर्दी


काठमाडौं,साउन २३
शिक्षा व्यवसायीहरुले धमाधम अभिभावकहरुसँग भर्चुअल मिटिङ गरेर गत बैशाखदेखिको माशिक शुल्क बुझाउन उर्दी गरेका छन् । उनीहरुले अहिले सम्म विद्यार्थीको गत चैतमा लिइएको परीक्षाको परीक्षाफल प्रकाशित गरेका छैनन् ।

विद्यार्थीको परीक्षाफल प्रकाशन गरी प्रमाणपत्र दिनु पर्ने र त्यही प्रमाणपत्रको आधारमा विद्यार्थीले आफूले चाहेको विद्यालयमा भर्ना हुन पाउनु पर्ने हो । तर विद्यार्थीको भर्ना नै नगरी शिक्षा व्यवसायीहरुले मासिक शुल्क बुझाउन उर्दी जारी गरेका हुन् । उनीहरुले विद्यार्थीको भर्ना चाहि लकडाउन पूर्ण रुपमा खुलेपछि मात्रै गर्ने जानकारी दिएका हुन् ।

कोरोना संक्रमण झन बढ्दै गएकाले अहिले विद्यालय खुल्ने अवस्था रहेको छैन् । तर पनि विद्यार्थीलाई भर्नानै नगरी नपढाउको वेलाको मासिक शुल्क उठाउन शिक्षा व्यवसायीले शुल्क उठाउन शिक्षा व्यवसायीले ताकेता गरिरहँदा पनि शिक्षा मन्त्रालय मुकदर्शक बनेर बसिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्