Techie IT
९ असार २०७८, बुधबार

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण, ६७ हजार ८०४ पुगे संक्रमित !


काठमाडौं ।
देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा बुधबार थप ११७२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । विगत २४ घण्टामा ९४५९ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या ४३६ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्