Techie IT
सोमबार, असोज १२,२०७७

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण २२ हजार २१४ पुगे संक्रमित !


काठमाडौं,साउन २३
देशमा विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा शुक्रबार थप ४६४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यीसहित हालसम्म संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ।अहिले देशभरि विभिन्न स्थानमा १०,२०५ मानिसहरू क्वारन्टीनमा छन्। त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

नेपालमा कोरोनाभाइरसका कारण थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।यससँगै अहिलेसम्म कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ७० पुगेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्