Techie IT
१४ असोज २०७९, शुक्रबार

सरकारी निर्णय उल्लंघन गर्ने कारबाहीमा


काठमाडौं ।

सरकारी निर्णय उल्लंघन गरी कास्कीको पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गर्ने होष्टल संचालिका पोखरा महानगरपालिका-८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाईरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय गरेको छ ।

सरकारले गरेको निर्णण विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्