Techie IT
१३ असोज २०७९, बिहीबार

डा. के.सी.को माग पूरा गर्न काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको माग


काठमाडौं ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा सवै वर्ग र क्षेत्रको समान पहुँच हुनु पर्ने माग राख्दै आमरण अनसनमा बसेका डा. गोविन्द के.सी.को माग पूरा गरी उनको जीवन रक्षा गर्नको लागि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले सरकारसँग माग गरेको छ ।

संघको तर्फबाट असोज ६ गते एक प्रेस विज्ञप्ती प्रकाशीत गरी डा. केसीको माग पूरा गरेर जीवन रक्षा गर्न माग गरिएको हो ।संघका अध्यक्ष डा. बेदमणि दाहालद्धारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तीमा विगतमा पनि यसै विषयमा लिएर डा. के.सी.ले अनसन बस्दै आएका र यसको समाधानका लागि सरकारले विभिन्न आयोगहरु पनि गठन गरेको भएता पनि अहिलेसम्म पनि उनको मागको सुनुवाई नभएको हुँदा फेरी अहिले १९ औं पटक आमरण अनसनमा बसेको र उनको अवस्था नाजुक बन्दै गइरहेकोले यसतर्फ सरकारको तत्काल ध्यान पुगी उनका माग पूरा गर्नका लागि प्राध्यापक संघले माग गरेको छ ।

यस पटक डा. के.सी.का माग त्यती कठीन नभएका र उनका मागहरु उनको निजी जीवनको भन्दा पनि दुर्गम र वर्गियरुपले निम्नस्तरका जनताहरुलाई मध्यनजर गर्दै अनसनमा बसेको हुँदा यसतर्फ सरकारको ध्यान आकृष्ट गरेको छ ।

No description available.


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्