Techie IT
९ असार २०७८, बुधबार

मृत अवस्थामा फेला


काठमाडौं ।

बाँकको कोहलपुर नगरपालिका-३ मैटहवास्थित सडक छेउको नालामा सालनाल सहितको नवजात शिशु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको सम्सी गाउँपालिका-६ स्थित माछा पोखरीमा करिब ७ महिनाको नवजात शिशु मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका-६ छतिवन चोक बस्ने ३७ वर्षीय लक्ष्मण बस्नेत घरबाट करिब ५ सय मिटर टाढा बारीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पाको रिप्दिकोट गाउँपालिका-२ धाराधि बस्ने ३२ वर्षीया पद्मा लाम्टाङ्गे घरबाट करिब ३ सय मिटर टाढा सर्दैवा-हार्थोक सडकखण्डमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

सल्यानको, बागचौर नगरपालिका-७ सानागाडाकोट बस्ने ६८ वर्षीय बिक्रम डाँगी सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गाईको घिउ खोज्न गएका डाँगी मावली नाता पर्ने सोही नगरपालिका-४ स्थित घरको भान्सा कोठामा सुतेकोमा बिहान मृत अवस्थामा फेला परेका हुन् ।

पर्वतको कुश्मा नगरपालिका-१ पाङ बस्ने २८ वर्षीय गणेश अर्यालको सोही ठाउँस्थित भिरमा घाँस काट्ने क्रममा लडेर मंगलबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका अर्यालको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभाको चैनपुर नगरपालिका-४ स्थित झुत्रे खोलामा डुबेर सोही नगरपालिका-४ मैदाने बस्ने ७६ वर्षीय बुद्धि बहादुर लिम्बुको मंगलबार मृत्यु भएको छ ।

स्थानीय बतासे भन्ने ठाउँबाट घर फर्किँदा खोला तर्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्