Techie IT
१५ माघ २०७८, शनिबार

कोरोना पोजिटिभ कैदी जैसवालको बिर अस्पतालमा रहस्यमय निधन


काठमाडौं : सुन्धाराको केन्द्रिय कारागारमा रहेका भैरहवाका कैदी रामलखन जैसवालको विर अस्पतालमा रहस्यमय निधन भएको छ । ६३ वर्षका जैसवाल कोरोना पोजिटिभ पाइएपछि विर अस्पतालमा उपचारार्थ रहेकै बेला गत असोज ३ गते परिवारलाई जैसवालको निधन भएको भनि अस्पतालले फोन गरेको थियो ।

परिवारका सदस्यहरुलाई शव हेर्न नदिएपछि आज जबरजस्ति शव हेर्दा मृतक जैसवालको दुई वटै आखाँ नभएको पाइएपछि कोरोनाबाट नभई हत्या भएको परिवारले आरोप लगाएको छ । हत्या भएको परिवारको आरोप पछि शव तीन दिन देखि अस्पतालमै रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्