Techie IT
३० जेठ २०७८, आईतबार

प्रेस काउन्सिल गोपालदास पुरस्कारबाट शम्भु श्रेष्ठ पुरस्कृत


काठमाडौं ।

प्रेस काउनिसल नेपालको ५१ औं वार्षिकोत्सवको अवसरमा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ पुरस्कृत भएका छन् । उनलाई काउनिसलले प्रदान गर्ने प्रेस कउन्सिल गोपालदास पुरस्कारबाट पुरस्कृत गरेको हो । यो पुरस्कारको राशी रु १ लाख ५१ हजार रहेको छ ।

विगत लामो समयदेखि नेपाली छापा पत्रकारितामा अनवरतरुपमा कलम चलाएको भन्दै उनको पत्रकारिताको मुलयाङ्कन गर्दै काउन्सिलले यो पुरस्कार प्रदान गरेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट एक विशेस कार्यक्रमकाबीच श्रेष्ठ पुरस्कृत भएका हुन् ।

काउन्सिलको वार्षिकोतसव कार्यक्रममा अन्य पत्रकार, व्यक्तित्व र विभिन्न संस्था पनि पुरस्कृग गरिएको थियो । पाल्पाको तानसेन नगरपालिकाले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार पूर्वराजदुत एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई प्रदान गरियो।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार हुम्लाका अर्जुन बोहोरालाई रु१ लाख १० हजार राशिसहित प्रदान गरिएको छ भने ५० हजार राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सेतोपाटी डटकमलाई प्रदान गरिएको छ ।

यस्तै गरेर २० हजार राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द क्षेत्री (झापा), राजन कार्की (काठमाडौँ), धर्मेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ), उमेश श्रेष्ठ (काठमाडौँ), दीपेन्द्र श्रेष्ठ (कास्की) र नितु पण्डित (काठमाडौँ)लाई प्रदान गरिएको थियो ।

यस्तै १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार यस वर्ष सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौँ), गणेश चौधरी (कैलाली), गिरिजा अधिकारी (मकवानपुर), राजु वि।क। (सिराहा), कमला श्रेष्ठ (काठमाडौँ), राजन सिंह (धनुषा), देवीकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार, कास्की) र शान्ता कमली (लमजुङ)लाई प्रदान गरिएको थियो ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार नव प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिका र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार वाम्बुले राई भाषाका लागि ओखलढुङ्गा पत्रकार गणेश राईलाई प्रदान गरिएको थियो ।

प्रस काउन्सिल नेपालले प्रतयेक वर्ष आफ्नो वार्षिकोत्सव पारेर विभिन्न सञ्चारकर्मी तथा सञ्चारगृहलाई पुरस्कृत गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्