Techie IT
बुधबार, कात्तिक ५,२०७७

काठमाडौँ उपत्यकामा १५ दिनको लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिँदै


काठमाडौं,साउन १९
उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले १५ दिनसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले टेकु र महाबौद्ध क्षेत्र सिल गर्ने निर्णय गरेको छ।महाबौद्धमा शुक्रबारमात्रै तीन जना कोरोना संक्रमित भेटिएका थिए।

सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति पनि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै आगामी दिनको रणनीति तय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्