Techie IT
१४ असोज २०७९, शुक्रबार

देशका गहना: बाँचुञ्जेल दु:खै दु:खमा मरेपछि राष्ट्रिय सम्मान


काठमाडौं ।

असोज ५ गते सोमबार निधन भएका हिम चितुवाका नामले परिचित किर्तिमानी नेपाली पर्वतारोही आङरिता शेर्पाको यही असोज ६ गते मंगलवार राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि हुने भएको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले सो कुराको निर्णय गरेको हो । विनाअक्सिजन १० औं पटकसम्म हिमशिखर आरोहरण गरेका आरोही शेर्पालाई विश्वले त चिन्यो तर आफ्नै देशले चिन्न सकेन । तीन छोरा त एक छोरी रहेका पर्वतारोही शेपर्कोा जीवन पछिल्लो समय दु:खदसँग बितेको थियो ।

उनमा आर्थिक अभाव रहेको उनको पारिवारिकस्रोतले जनाएको छ । यही दु:ख बुझेर नेपाल पर्वतारोहण संघले पछिल्लो समयमा महिनाको रु १५ हजार दिदै आएको थियो ।

तर राजयको ध्यान बाँचुञ्जेल उनीमा नपरेको उनको परिवारस्रोतले जानकारी दिएका छन् ।। जीवनको अन्तिम सास छोरीको घरमा बिसाएका हुन् ।

शेर्पा त एउटा अहिलेका ताजा ज्वलन्त उदाहरण हुन् । यस्तै कैयौं देशका गहनारुपी कलाकार,खेलाडी,आरोहीहरु आर्थिक अभावका कारण अकालमा मृत्युवरण गर्ने अवस्थामा रहेका छन् । मरेपछिको सलामी भन्दा बाँचुञ्जेलको सहयोग नै देशका गहनाहरुका लागि एउटा सच्चा सम्मान हुनेछ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्