Techie IT
८ असार २०७८, मंगलबार

ओरालो लाग्यो सेयर बजार

छ दसमलव १२ अंकले घट्दा दुुई अर्ब ६३ करोडको सेयर किनबेच


काठमाडौ । 
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन तीन अंकले उकालो लाग्यो बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार छ दसमलव १२ अंकले ओरालो लागेर १५ सय ६९ दसमलव छ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३८ अंकले ओरालो लागेर तीन सय १२ दसमलव २४ अंकमा झरेको छ । आज कुुल एक सय ९५ कम्पनीहरुको सेयर कारोवार भएकाछन ।

उक्त कम्पनीहरुको ६१ हजार नौ सय ३६ पटकको कारोवारमा ८५ लाख ६५ हजार ७८ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल कारोवार रकम दुुई अर्ब ६३ करोड ७३ लाख ७६ हजार दुई सय १६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । जसमध्ये उत्पादनमुुलक समुहको बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहको सुचक घटेकाछन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्