Techie IT
८ असार २०७८, मंगलबार

मौलिक मानवअधिकार कुण्ठीत नगर्न न्यायका लागि मानव अधिकारको आग्रह


काठमाडौं ।

पछिल्ला केही महिना यता सरकार पक्षबाट सर्वसाधारणको मौलिक अधिकार कुण्ठीत गरेको भन्दै नागरिकले सुरक्षित अधिकारको रुपमा पाएको मौलिक अधिकारलाई कुण्ठीत नगर्न न्यायका लागि मानव अधिकार सञ्जाल नेपालले सरकारसँग आग्रह गरेको छ ।

सुरक्षाकर्मिले सर्वसाधारण जनतालाई गरेको धरपकड र अत्याचारका विरुद्ध शान्तिपूर्ण रुपमा जनताहरुले प्रदर्शन गर्दा प्रहरीबाट प्रदर्शनकारीमाथि गरेका लाठीचार्ज र जवरजस्त व्यावहारप्रति सञ्जालले धयान आकृष्ट गराउदै यस्तो सरकारी वरवरतालाई तुरुन्त रोक्न सरकारसँग माग गरेको छ ।

साथै प्रदर्शनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन गरेर आक्रमण, लाठीचार्ज गर्ने प्रहरलाई कारवाहीको दायरामा ल्याउन पनि सञ्जालले माग गरेको छ ।

सञ्जालका अध्यक्ष इन्द्र प्रसाद अर्यालद्धारा हस्ताक्षरित उक्त प्रेस वत्तव्यमा कोरनाले तहसनहस भइरहेको नेपाली जनताहरुलाई राहत दिने बेलामा यस्ता किसिमका वरवर आक्रमणले जनतामा सरकारप्रति झन नैराष्यता र वितृष्णा फैलिने पनि जनाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्