Techie IT
९ माघ २०७८, आईतबार

आगलागीबाट धनमाल जलेर नष्ट


काठमाडौं ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ होराईजन चोकस्थित संस्कार मोबाइल पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा नजिकै रहेको लक्षु फर्मेसी समेत गरी दुवै पसलमा रहेको सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोटको किस्पाङ गाउँपालिका-१ भाल्चे बस्ने तेनजेन घलेको गोठमा शनिबार आगलागी हुँदा करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

साथै आगो निभाउने क्रममा गम्भीर घाइते भएका घलेको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ ।

स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्