Techie IT
१४ असोज २०७९, शुक्रबार

पोखरीमा डुबेर मृत्यु


काठमाडौं ।

मोरङको ग्रामथान गाउँपालिका-४ स्थित माछा पोखरीमा सोही ठाउँ बस्ने ३५ वर्षीया सिता अधिकारी र उनकै २ जना छोरीहरु १४ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया प्रितिका अधिकारीको आइतबार डुबेर मृत्यु भएको छ ।

उक्त पोखरी तथा माछा रेखदेख गर्ने उनीहरु बिहान माछालाई चारो हाल्न गएकोमा साँझसम्म घर फर्की नआए पश्चात खोजी गर्दा उक्त पोखरीमा तीनै जनाको शव फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्