प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं ।
मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ३५ वर्षीय पवन बन्जारालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
बन्जाराले मध्यपुर ठिमी नगरपालिका-३ स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएममा पैसा ननिस्केको भनि लात्तीले हानेको तथा बैंकका गार्ड र प्रहरी समेतलाई गालीगलौज समेत गरेपछि महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्