मानवअधिकार आयोगद्धारा कारागारको अनुगमन शुरु

काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसले ग्रस्त भएको अवस्थामा नेपालका कारागारभित्र रहेका कैदीबन्दीहरुको अवस्थावारे जानकारी लिनका लागि अनुगमन शुरु गरेको छ ।
आयोगका तर्फबाट सुदिप पाठकको नेतृत्वमा गठन भएको अनुगमन समितिले यही असोज ५ देखि २५ गतेसम्म पाँचै प्रदेशका कारागारहरुको अनुगमन गर्ने आयोगले जानकारी दिएको छ ।
नेपालमा कोरोना बढ्दै जान थालेपछि कारागारभित्र रहेका कैदीबन्दीहरुमा पनि संक्रमणको त्रास फैलिएको र कति कारागारका बन्दीहरु संक्रमित र मृत्युसमेत भइसकेकोले मानिसको बाँच्न पाउने अधिकारको संरक्षणका लागि आयोगले यो अभियानको शुरुवात गरेको जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्