Techie IT
बिहीबार, कात्तिक १३,२०७७

एपीएफ टोलीद्वारा चोरीपैठारीका सामान बरामद


काठमाडौं ।

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेव जंगलबाट असोज ४ गते एपीएफ टोलीले करीव सात लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले चार वटा मोटरसाईलकमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ ।

यसैगरी रुपन्देही जिल्लाको सिदार्थनगर नगरपालिका १ बाईपास ईलाकाबाट असोज ३ गते एपीएफ टोलीले करीव तीन लाख ५५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २९ वटा मोवाईल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले लु ५९ प १३१६ नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

त्यसेवला मोवाईल सेट ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त मोवाईल सेट छाडी फरार भएको थिए । बरामद मोवाईल सेट तथा मोटरसाईलक भन्सार कार्यालय भैरहवामा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख ५० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्