Techie IT
बिहीबार, कात्तिक १३,२०७७

एपीएफ टोलीद्वारा खोलामा हामफाली बेपत्ता भएकाको शव फेला


काठमाडौं ।

सिन्धुपाल्चोक जिल्लाको बाहबिसे नगरपालिका -३ स्थित दोभान खोलामा हामफाली बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असोज ३ गते फेला पारेको छ ।

सोही ठाउँ बस्ने ५४ वर्षिया धनकुमारी मगर उक्त खोलामा असोज २ गते हामफाली बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश लामोसाँघुबाट एपीएफ टोली त्यस ठाउँमा खटिएको थियो ।

एपीएफ टोलीले उनको शव घटनास्थल भन्दा करीव तीन सय मिटर तल फेला पारेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्