Techie IT
३० जेठ २०७८, आईतबार

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ


काठमाडौं ।

झापा जिल्लाको गौरादह नगरपालिका -९ बैगुन्धुरा बजारबाट असोज ३ गते एपीएफ टोलीले एक सय ६० बोतल कोडिन नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको गौरीगंज गाउँपालिका- ३ बस्ने २८ वर्षिय परनन्द राजवंशी २४ वर्षिय मनोज महतो छन् ।

गौरीगंजबाट स्यालडाँगीतर्फ जाँदै गरेको बीआर ३८ एसए ५६३० नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बैगुन्धुराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्