Techie IT
९ माघ २०७८, आईतबार

नेतालाई झापड हान्छु भन्दै पेरिसडाँडा पुगेकी बालिका खड्का प्रहरी नियन्त्रणमा


काठमाडौं ।

नेकपाका नेता तथा प्रदेश नम्बर एकका मुख्यमन्त्रीकी श्रीमती हुँ भन्दै चर्चामा आएकी महिला बालिका खड्कालाई नेकपा पूर्व माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेकपाको सचिवालय वैठक पेरिसडाँडामा चलिरहेको अवस्थामा खड्काले नेतालाई भेटेर झापड हान्नुछ भन्दैजवरजस्ती पार्टी कार्यालयभित्र पस्न खोजेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

अहिले उनलाई महानगरिय प्रहरी प्रभाग  कोटेश्वरमा राखिएको जानकारी पनि प्रहरीले दिएको छ । उनलाई किन यसरी नियन्त्रणमा लियो ? अव उनलाई के विषयमा कसरी कारवाही चलाउँछ ? त्यसको वारेमा भने कुनै जानकारी दिएको छैन ।

केही दिन अघिमात्रै मुख्यमन्त्री राईविरुद्ध दिएको मुद्धा अरुको उक्साहटमा लागेर दिएको र यस विषयमा मुख्यमन्त्री राईको कुनै दोष नरहेको भन्दै आफूले गल्ती प्रायश्चित गर्दै फिर्ता लिएकी थिइन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्