Techie IT
बुधबार, कात्तिक १२,२०७७

सूर्य नेपालको त्रिसारा अगरबत्ती नेपाली बजारमा


काठमाडौं, साउन २३
सूर्य नेपाल प्रालिले ‘मंगलदीप त्रिसारा’ नामको नयाँ अगरबत्ती नेपाली बजारमा ल्याएको छ । मंगलदीप अगरबत्ती बजारमा ल्याएको छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय भएपछि उक्त नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ । त्रिसारा अगरबत्तीको हरेक काँटीमा ग्राहकहरुले मनमोहक सुगन्धको अनुभव गर्न पाउने कम्पनीको दाबी छ । त्रिसाराको प्रतिप्याक मूल्य एक सय रुपैयाँ कायम गरिएको छ ।

यसअन्तर्गत १ सय ८० काँटी जिपलक प्याकमा उपलब्ध हुनेछन् । जिपलकले गर्दा काँटीको गुणस्तरीयता, सुगन्ध लामो समयसम्म टिक्ने जानकारी कम्पनीले गराएको छ ।त्रिसरालाई सुपर सेभर प्याकको रुपमा प्रवर्द्धन गर्ने निर्णय कम्पनीले गरेको छ । सूर्य नेपाल प्रालिले विभिन्न स्वदेशी अगरबत्ती उद्योगहरुलाई आफ्नो संस्थागत सामाजिक दायित्वअन्तर्गत मंगलदीप अगरबत्ती वनाउन दिई सोको बजार प्रवर्द्धन तथा बिक्री गरी ती उद्योगहरुलाई दिगो एवं सक्षम वनन मद्दत गरिराखेको जनाएको छ ।

मंगलदीप अगरबत्तीले हाल राष्ट्रको अगरबत्तीमा व्याप्त परनिर्भरता कम गरी देशको राजस्व वृद्धि गर्न तथा अवैध रुपमा हुने अगरबत्ती आयात रोक्न समेत सफल भइरहेको छ । नेपालको सांस्कृतिक परिवेशमा अगरबत्तीले एकदमै महत्व राख्ने हुनाले यसको बजार सम्भाव्यता स्वदेशमै पर्याप्त छ भने विदेशमा पनि यसको माग ठूलो छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्