Techie IT
२१ असोज २०७९, शुक्रबार

विभिन्न कारणले मृत्यु


काठमाडौं ।

दाङको घोराही उपमहानगरपालिका-८ पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँ बस्ने ८२ वर्षीया जमुना देवी सुनार शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

रौतहटको मौलापुर नगरपालिका-३ गम्हरिया बस्ने रामप्रबेश यादवको छोरा ५ वर्षीय रबिकिशन कुमार यादवको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको छ ।

सोही स्थान बस्ने छोटेलाल यादवका छोराहरू ४ वर्षीय अमित यादव र ६ वर्षीय मेघनाथ यादवसँगै नुहाउने क्रममा तीनै जना डुबी अशक्त भएकाले उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा रबिकिशनको बाटोमै मृत्यु भएको हो । डुबेर अशक्त भएका अन्य २ जनाको नेशनल मेडिकल बीरगंजमा उपचार भइरहेको छ ।

कैलालीको जानकी गाउँपालिका-१ स्थित बिजुलिया नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका बेलासपुर बस्ने शेर नाथ योगीको छोरा ९ वर्षीय शिषिर नाथ योगीको शनिबार मृत्यु भएको छ ।डुबेर बेपत्ता भएका शिषिरलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

सर्लाही, बलरा नगरपालिका-३ स्थित पानीले जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने मुकेश कुमार चौधरीको छोरा १३ वर्षीय सुभम चौधरीको शनिबार मृत्यु भएको छ ।हाउने क्रममा डुबेर अशक्त भएका सुभमलाई उद्धार गरी स्थानीय अस्पताल धुलिखेल बलरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुकुटाको साँगुरीगढी गाउँपालिका-१ घण्टे बस्ने ७९ वर्षीय अमृत बहादुर राईको सोही ठाउँस्थित लेउती खोलाले बगाई शनिबार मृत्यु भएको छ । खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही गाउँपालिका-७ स्थित फेदीमा शव फेला परेको हो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्