Techie IT
९ माघ २०७८, आईतबार

आगलागीबाट धनमाल जलेर नष्ट


काठमाडौं ।

झापाको भद्रपुर नगरपालिका-१० स्थित सोही वडा कार्यालयको मे.१ द २७ नम्बरको ट्याक्टर ब्याट्री सर्ट भई शुक्रबार दिउँसो आगलागी हुदाँ करिब १२ लाख रूपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दोलखाको जिरी नगरपालिका.८ होसिङ सलेनी टोल बस्ने चन्द्र बहादुर श्रेष्ठको भान्छाघरमा शुक्रबार बिहान आगलागी हुँदा भान्साघर पूर्ण रुपमा जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका.९ छातापिपरास्थित आरती भेजिटेबल प्रोडक्ट्स कम्पनीमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीमा परी घाइते भएका सोही कम्पनीमा काम गर्ने भारत बेतिया पश्चिम चम्पारण घर भएका ४० वर्षीय उमेश सिंहलाई उपचारको लागि वयोधा अस्पताल बीरगञ्ज पठाइएको छ ।

स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्