Techie IT
९ असार २०७८, बुधबार

डुबेर मृत्यु


काठमाडौं ।

सर्लाहीको बागमती नगरपालिका-४ बस्ने सबिन गुर्माछाने मगरको २ वर्षीय छोरा ग्रिस गुर्माछाने खेल्ने क्रममा घर नजिकै पानी जमेको खाल्डोमा डुबेर शुक्रबार मृत्यु भएको छ । डुबेर बेहोस भएका उनको सभ्यता हेल्थ केयर कर्मैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

कपिलवस्तुको एसोधरा गाउँपालिका-२ बिचली भडियारस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीया अनिता पासीको शुक्रबार मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका-६ घुस्की घर भई भोक्राहा नरसिंह(८ स्थित मामा मुजाहिद अन्सारीको घरमा बस्दै आएकी अजाद अन्सारीकी ३ वर्षीया छोरी खुश्बु खातुनको खेल्ने क्रममा घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका-१९ पचानपुर ईनर्वा बस्ने ३० वर्षीय मुख्तार मिया अन्सारीको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर शुक्रबार मृत्यु भएको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्